सत्ता समीकरण
गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री हटाइए
२२ फागुन २०८० १०:३७
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको असर प्रदेशमा देखिन सुरु गरेको छ । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका हुन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका छन् । दुई मन्त्रीलाई बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफै मातहत राखेका छन् ।
केन्द्रमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालसँगको नयाँ गठबन्धन बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रीहरु हटाएर हितमान तामाङ, डीपी अर्याल र पदम गिरीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् ।
- सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
- आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
- उपप्रधानमन्त्री लामिछानेको स्पष्टिकरण- न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको हुँ
- बीवाईडी गाडी किन्दा ग्लोबल आईएमई बैंकबाट सहजै कर्जा पाइने
प्रतिक्रिया