यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोक्नेदेखि नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा मनोनयन गर्नेसम्मका निर्णय गरेको छ ।
बिहीवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०-८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७०७ रुपैयाँ तोकेको हो ।
आजको बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
त्यसैगरी संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।
त्यस्तै आर्थिक वर्ष २०८१/८२ का लागि राजस्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम ७ प्रदेशको लागि ७७ अर्ब ५० करोड रुपैयाँ र स्थानीय तहका लागि पनि ७७ अर्ब ५० करोड स्वीकृत गर्ने निर्णय गरेको छ ।
वित्तीय समानीकरण अनुदानको परिमाण ७ प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब स्वीकृत गर्ने बैठकको निर्णय छ ।
- राष्ट्रिय महाधिवेशनमा प्रश्तुत हुने दस्तावेजहरुमा पार्टीभित्र फरकमत छैन : नेकपा एस
- मङ्गलबारसम्म संसद्को गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री दाहाल
- त्रिविको अतिक्रमित जग्गा फिर्ता गराउन संसदीय समितिको चासो, निर्देशन दिने तयारी
- बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की
प्रतिक्रिया