नागरिक उन्मुक्तिकी प्रदेश सांसद गिरी पदमुक्त
नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् । प्रदेश सभा सचिवालयले गिरी पदमुक्त भएको सूचना जारी गरेको हो ।
उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले गिरीलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्राचार गरेकी थिइन् । गिरी नागरिक उन्मुक्तिभित्र पार्टी संरक्षक रेशम चौधरी निकट मानिन्छिन् ।
सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे नागरिक उन्मुक्तिभित्र विवाद चलेको थियो । रेशम पक्षले कांग्रेस नेतृत्वको तत्कालीन प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेशसभामा रहेका उन्मुक्तिका ७ मध्ये ५ सांसद रेशमको पक्षमा थिए । ५ जना नै प्रदेश सरकारमा मन्त्रीसमेत भएका थिए ।
अध्यक्ष रञ्जिता भने नयाँ गठबन्धनको सरकार बनाउनुपर्ने पक्षमा थिइन् । सोही क्रममा उनले समानुपातिक सांसद रहेकी गिरीलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेकी थिइन् ।
- प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
- एकीकृत समाजवादीले भन्यो- सिरोहिया पक्राउ गरेर प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजियो
- पक्राउपछि सिरोहियाले भने- सरकारले अधिनायकवादी चरित्र देखायो, प्रेस स्वतन्त्रतामाथि कुठाराघात भयो
- सिरोहियालाई पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत
प्रतिक्रिया