नागरिक उन्मुक्तिकी प्रदेश सांसद गिरी पदमुक्त

नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् । प्रदेश सभा सचिवालयले गिरी पदमुक्त भएको सूचना जारी गरेको हो ।

उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले गिरीलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्राचार गरेकी थिइन् । गिरी नागरिक उन्मुक्तिभित्र पार्टी संरक्षक रेशम चौधरी निकट मानिन्छिन् ।

सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे नागरिक उन्मुक्तिभित्र विवाद चलेको थियो । रेशम पक्षले कांग्रेस नेतृत्वको तत्कालीन प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेशसभामा रहेका उन्मुक्तिका ७ मध्ये ५ सांसद रेशमको पक्षमा थिए । ५ जना नै प्रदेश सरकारमा मन्त्रीसमेत भएका थिए ।

अध्यक्ष रञ्जिता भने नयाँ गठबन्धनको सरकार बनाउनुपर्ने पक्षमा थिइन् । सोही क्रममा उनले समानुपातिक सांसद रहेकी गिरीलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर