सुदूरपश्चिममा सरकारको दाबी गर्ने आज अन्तिम दिन, दलहरूबीच अझै भएन सहमति
सुदूरपश्चिम प्रदेशमा सरकार निर्माणको दाबी पेश गर्ने आज अन्तिम दिन अहिलेसम्म पनि दलहरूबीच ठोस सहमति हुन सकेको छैन ।
प्रदेश प्रमुख नजिर मियाँले २३ गते संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढि दलहरू मिलेर सरकार निर्माणको लागि दाबी पेस गर्न आज साँझ ५ बजे सम्मको समय दिएका थिए । प्रदेश प्रमुखले दिएको समय आज सकिँदै गर्दा पनि दलहरू बीचको विवाद र अडानका कारण ठोस सहमति जुट्न नसकेको हो ।
एमाले माओवादीसहितको सत्ता गठबन्धनमा अहिले सम्म नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भद्र सहमति भएको बताइएको छ । तर, नेकपा एकीकृत समाजवादीले पनि आफ्नो दाबी कायमै राखेको छ । नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र विवाद देखिएपछि मुख्यमन्त्रीको लिखित सहमति हुन ढिलाइ भइरहेको नेताहरूले दाबी गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा अहिले प्रदेश सभा सदस्यको संख्या ५१ रहेको छ । कांग्रेसका पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नाउपाकी इन्दिरा गिरी पदमुक्त छिन् । यहाँ बहुमत पुर्याउन २७ सांसद चाहिन्छ ।
नयाँ सत्ता गठबन्धनका सभामुख बाहेक माओवादी केन्द्रका १०, एमालेका १० नाउपाका ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । स्वतन्त्र सांसद डा.तारा जोशी पनि यही गठबन्धनमै रहन चाहने बताइन्छ । यसरी बहुमत पुग्छ तर, नाउपाको विवाद अझै सुल्झिएको छैन ।
- काठमाडौं महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव
- विद्युत प्रशारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता आवश्यक : निजी क्षेत्र
- कोशीमा मन्त्रीमण्डल बिस्तार, मुख्यमन्त्रीसहित १० सदस्यीय बन्यो मन्त्रिपरिषद्
- बैंकहरुको ऊर्जामा लगानी हरेक वर्ष २ प्रतिशतले वृद्धि गरी १० वर्षमा २० प्रतिशत पु¥याउने नीति आवश्यक : अध्यक्ष कार्की
प्रतिक्रिया