टीकापुर हत्याकाण्डका आरोपी र विप्लव नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय

सरकारले कैलालीको टीकापुर हत्याकाण्डका आरोपीहरूविद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको छ। मत्रिपरिषद्को २७ भदौको बैठकले सो निर्णय गरेको होे।

२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो। आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाइएको थियो । चौधरी अहिले जेलमा छन्।

यस्तै सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरूविरुद्धको मुद्दा पनि खारेज गर्ने निर्णय गरेको छ। नेकपाका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ले बिहीबार विज्ञप्ति निकालेर आफ्ना नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सरकारको २७ भदौको निर्णय स्वागतयोग्य रहेको बताएका छन्।

गत ६ साउनमा ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेता र कार्यकर्तालाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *