विदेशी मुद्राको विनिमय दर : कुन मुद्रा कतिमा खरिद-बिक्री ?
१३ वैशाख २०८१ ७:१३
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४५ पैसा र बिक्री दर १६६ रुपैयाँ २० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
- ललितपुर मेयर कप महिला क्रिकेट : लगातार चौथो पटक एपिएफ च्याम्पियन
- सरकारले प्राथमिकताको आधारमा बजेट तय गर्नुपर्दछ : काँग्रेस नेता रिजाल
- सरकारलाई विज्ञहरुले भने– ‘पहिरोबाट वर्षेनी ३ सय नेपालीले ज्यान गुमाउँछन्, न्युनिकरणमा चासो दिँदैन’
- म ‘कम्फर्ट जोन’ भए आफैं चुनौती खडा गरेर अघि बढ्न चाहन्छुः भारतीय प्रधानमन्त्री मोदी
प्रतिक्रिया