सिंहदरबारमा मक्किएर थन्किएकाे ‘आउडी कार’

राखिएको भन्ने हो भने कार चिन्न नसक्ने अवस्थामा छ । प्रधानमन्त्री कार्यालयको अघि,गृह मन्त्रालयको छेउ र सिंहदरबार प्रहरी गणको अघि एउटा कार छ ।

कुनामा राखिएको त्यो कारमा धेरैको नजर परेको हुनुपर्छ । पार्क गरेर राखेको जस्तो देखिने त्यो कारमा धेरैको नजर परेपनि शायद खासै चासो राखेर कसैले हेरेको छैन । होइन भने यो विषय धेरै अघि बाहिर आउनु पर्ने हो ।

२७ चैत्र, सरकारले रामनवमीको दिन सार्वजनिक बिदा दिएको थियो । सिंहदरबारपनि छुट्टीमा थियो । भिडभाड र चहलपहल थिएन ।

त्यो कारको छेउमा रहेको सेनाको सेन्ट्री पोस्टमा दुई जना सैनिक गफ्दिै थिए । प्रहरी गणमा एकजना अधिकृत जुनियरहरुलाई डिउटी सामेल गराउन परेड गराउँदै थिए । सुनसान थियो सिंहदरबार ।

हामी एउटा काम विशेषले गृह मन्त्रालय गएका थियौं । हाम्रो दुई पाङग्रे ओतमा राख्न त्यही कारको नजिक राख्यो ।

गृह मन्त्रालयको काम सकिएर फर्किएपछि हाम्रो नजर त्यो कारमा पर्यो । सुरुवातमा त हामीले पनि सरकारले सिंहदरबार, अदालत, सरकारी अड्डा र प्रहरी कार्यालयमा जस्तै यहाँपनि एउटा कार थन्काएको होला भन्ने लाग्यो । तर, अनायसै नजर कारको लोगोमा परेपछि हामी उत्सुक र उत्साहित भयौं ।

नजिक गएर हेर्दा हामीले सोचेभन्दा फरक थियो । त्यो विश्वप्रख्यात आउडी कारको केही पुरानो मोडल थियो । भारतीय नम्बर प्लेटको त्यो कार कहाँबाट यहाँ आयो ? चासो बढन थाल्यो । नजिकबाट गएर हेर्दा कारको नम्बर प्लेट भारतीय थियो । तर प्लेट डलब भएजस्तै देखिन्छ । कारभित्रको अवस्था राम्रो थियो । बाहिर भने धुलो र पातपतिङगरले चिन्न नसक्ने अवस्था थियो ।

पर्दाफासले तत्काल आफ्नो गृह र सुरक्षा स्रोतसँग सोधखोजगर्दा कार त देखिरहेको तर कहाँबाट आयो? कहिले देखि यहाँ छ? किन राखियो? र कसले राखेको हो? भन्ने यकिन विषय खुल्न सकेन ।

तर, सिंहदरबारमा कार्यरत रहेका पुराना कर्मचारीहरुमध्ये केहीले कारको कनेक्सन अर्थ मन्त्रालयतर्फ सोझ्याए । उनीहरुले सुने अनुसार कार अर्थ मन्त्रालयले ल्याएर त्यहाँ राखेको रे भन्ने बताए । यो पनि यकिन विषय थिएन ।

अर्थमा साेधखाेज गर्दा पनि पत्ताे पाउने ब्यक्ति पत्ता लागेन ।

कारका विषयमा केही अनुमान हामीले लगायौं ।

दिल्लीको नम्बर प्लेट भएको कार चोरीको हुनसक्छ? तर, ट्याकिङ सिस्टम र सुरक्षित मानिएको कार कसले चोरी गरेको हो? चोरी भएर बरामद भएको भए त्यससम्बन्धी समाचार त आउनुपर्ने हो ।

अहिलेसम्म त एकजना क्यासिनो माफियाले कार मगाएको र भन्सारमा थन्किएको समाचारसम्म जानकारीमा आएको हो ।

हामीले शनिवार विहान उनै क्यासिनो माफियालाई नम्बर खोजेर फोन गर्यो । तर उठेन ।

कारका विषयमा करिब एकसातासम्मको खोजमा केही ठोस पत्ता लाग्न सकेन ।

पछाडीको नम्बर प्लेट झिकिएको र अगाडीको प्लेट आधा च्यातिएको कारमा डी नाइन सी क्यू सिक्स सेभेन फाइभ ऐट मात्र देखिन्छ । कारको मोडल अनुमान आउडी इट्न हुनुपर्छ यसमा पनि विश्वस्त भन्न सकिन्न ।

आउडीको यो विषय बाहिर ल्याएमा जानकारहरुबाटै थप खुलासा हुने विश्वासका साथ यो भिडियो कथा यहाँ राखिएको छ । जानकारी हुनेहरुले खुसुक्क वा खुलेर हाम्रो कार्यालयको ०१४१०८०२५ मा खबर गर्नुहाेस ल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर