सेनाको ‘सीओएस इन्टरनेशनल हाइ अल्टिच्युड’ प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको वर्चस्व

नेपाली सेनाको आयोजनामा विभागीय टिम लगायत विभिन्न क्लबका स्वदेशी तथा विदेशी खेलाडीहरुलाई सहभागी गराई मुस्ताङको जोमसोममा सञ्चालित पहिलो ‘सीओएस इन्टरनेशनल हाइ अल्टिच्युड ट्रि एड्भेन्चर कम्पिटिसन–२०७९’ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम पहिलो भएको छ ।

त्रिभुवन आर्मी क्लबकै बी र सी टिम क्रमशः दोस्रो र तेस्रो भएको छ । महिलातर्फ हिमालयन गल्र्स पहिलो त्रिभुवन ए र बी टिम दोस्रा र तेस्रो भएको छ । बेस्ट इन्टरनेशनल टिम इन्डियन आर्मी भएको छ ।

शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले विजेताहरुलाई पुरस्कृत गरेका थिए ।

प्रतियोगितामा १०० मिटर क्लाईम्विङ्ग, ४.७५ कि.ssमि. दौड र १५.३५ कि.मि. साईक्लिङ्ग गरी ३ (तीन) वटा ईभेण्टहरु समावेश गरिएको थियो ।

कुल २४ टिमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सेना, त्रिभुवन आर्मी क्लबको ६ टिम (पुरुष ४ टिम र महिला २ टिम) सहित स्वदेशी १८ टिम (पुरुष १३ टिम, महिला ५ टिम) र अन्तर्राष्ट्रिय ४ टिम (भारतीय सेना– १ टिम, बंगलादेशी सेना–१ टिम र ब्रिटिस गोर्खा– २ टिम) मा आबद्ध ४८ जना खेलाडीहरु सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर