प्रधानसेनापति प्रभुराम शर्माले सार्वजनिक गरे चार मार्गनिर्देशक सिद्धान्त, सकलदर्जाको हित अनुकुलका यी हुन् घोषणा

प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार सकल दर्जालाई सम्बोधनगर्दै आफ्नो कार्यकालका योजना र प्राथकिता सार्वजनिक गरेका छन् । सेना सामुहिक भावना अनुसार अघि बढने बताएका उनले चेन अफ कमाण्डको अवधारणालाई नै अंगिकार गर्ने जनाएका छन् ।

उनले सम्बोधनकै सुरुवातमा  नेपालको संविधानले नेपाली सेनालाई देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा तथा जगेर्ना गर्न महत्त्वपूर्ण दायित्व सुम्पेको छ ।

जस्तो सुकै जटिल परिस्थितिमा समेत संवैधानिक दायित्वलाई प्रभावकारी रुपमा सम्पादन गर्दैराष्ट्र हित र स्वार्थको संरक्षण तथा प्रवर्द्धन गर्नका लागिसदैव तयार रहनु सेनाको प्रमुख कर्तव्य भएकोले सोही मान्यतालाई प्रमुखतामा राखेको बताए ।

यस्तै उनले नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारी निर्वाह गर्न चार मार्गनिर्देशक सिद्धान्तलाई प्रमुख आधारका रूपमा अंगीकार गर्ने घोषणा गरेका छन् ।

यी चार मार्गनिर्देशकन सिद्धान्तमा पहिलो– नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय प्रतिरक्षा नीतिबाट निर्दिष्ट जिम्मेवारीप्रति प्रतिबद्धता, दोस्रो– सैनिक मूल्यमान्यता, संस्कृति, प्रचलन र परम्पराको जगेर्ना, तेस्रो– विद्यमान र सम्भावित सुरक्षा चुनौती सामना गर्न समयसापेक्ष रूपान्तरित, सक्षम, गतिशील र प्रभावकारी संगठनको विकास र  चौंथो– ‘बहुजन हिताय बहुजन सुखाय” अनुसार विस्तारित कल्याणकारी कार्यमार्फत् सकलदर्जा र तिनका आश्रितको जीवनस्तरमा सुधार गरिने घोषणा गरेका हुन् ।

पढनुहोस उनको सम्बोधनका मुख्य बुँदाहरुः –

(क)  नेपालको संविधानले नेपाली सेनालाई देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा तथा जगेर्ना गर्न महत्त्वपूर्ण दायित्व सुम्पेको छ ।जस्तो सुकै जटिल परिस्थितिमा समेत संवैधानिक दायित्वलाई प्रभावकारी रुपमा सम्पादन गर्दैराष्ट्र हित र स्वार्थको संरक्षण तथा प्रवर्द्धन गर्नका लागिसदैव तयार रहनु सेनाको प्रमुख कर्तव्य हो ।

(ख) नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारी निर्वाह गर्न ४ (चार) मार्गनिर्देशक सिद्धान्तलाई प्रमुख आधारका रूपमा अंगीकार गरिनेछ ।

  •  पहिलो– नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय प्रतिरक्षा नीतिबाट निर्दिष्ट जिम्मेवारीप्रति प्रतिबद्धता
  • दोस्रो– सैनिक मूल्यमान्यता, संस्कृति, प्रचलन र परम्पराको जगेर्ना
  • तेस्रो– विद्यमान र सम्भावित सुरक्षा चुनौती सामना गर्न समयसापेक्ष रूपान्तरित, सक्षम, गतिशील र प्रभावकारी संगठनको विकास
  • चौंथो– “बहुजन हिताय बहुजन सुखाय” अनुसार विस्तारित कल्याणकारी कार्यमार्फत् सकलदर्जा र तिनका आश्रितको जीवनस्तरमा सुधार

(ग)  प्रधान सेनापतिको भिजन-“नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत संविधानप्रदत्त सम्पूर्ण जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्न सक्षम, सुदृढ, आधुनिक र व्यावसायिक सैनिक संगठन तयार गरिनेछ” । यसका लागि, नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति र नेपाली सेनाको दीर्घकालीन सोच-२०८७अनुसारसमयानुकूल सांगठनिक सुदृढीकरण, जनशक्तिको विकास, स्रोत साधनको उचित व्यवस्थापन तथाप्रविधिको उच्चतम प्रयोगलाई संस्थागत गरिनेछ ।

(घ) उक्त ‘भिजन’लाई मूर्तरूप दिन राष्ट्रिय सुरक्षा, संगठन सञ्चालन, व्यावसायिक तालिम, पेसागत वृत्तिविकास, सवल बन्दोबस्ती प्रणाली र कल्याणकारी कार्यलाई प्राथमिकतामा राखी ६ वटा लक्ष्य केन्द्रित कमाण्ड नीति तथा मार्गनिर्देशन– २०७८ जारी गरिएको छ ।

(ङ)     नेपाल सरकारद्वारा जारी भएको “राष्ट्रिय सुरक्षा नीति” र “राष्ट्रिय प्रतिरक्षा नीति” अनुरूपको “राष्ट्रिय सैनिक रणनीति” को निर्माण र वैधता प्राप्त गर्दै सैनिक मूलग्रन्थ पुनरावलोकन गरिनेछ । यिनै नीति, रणनीति र मूलग्रन्थलाई आधार मानेर ३ जोड १ कमाण्डको सफल कार्यान्वयन गरिँदै लगिनेछ ।

(च)     नेपाली सेना ऐतिहासिक कालखण्डदेखि नै पद्धति र प्रणालीमा आधारित संगठन रहेको र यसमा सेना सदैव कटिबद्ध रहनेछ । साथै संगठन सामूहिक भावनाबाट चल्ने भएकोले संगठनलाई सुदृढ र सशक्त बनाउन सामूहिक भावनाअनुरुप निर्णयहरु गरिनेछ। त्यसैगरी नेपाली सेनाले चेन अफ कमाण्डलाई पूर्णरुपमा अबलम्बन गर्दै कुनै पनि किसिमका सैनिक अनुशासन, पदीय मर्यादा र आचरणविपरीतका गतिविधि तथा संगठनलाई सीमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउने जस्ता अवाञ्छित गतिविधि किमार्थः क्षम्य हुने छैनन्।

(छ) नेपाली सेनाका सकलदर्जा र हिताधिकारीहरुको कल्याणकारी कार्यको लागि निम्न क्षेत्रहरुमा सेवा सुविधाहरु बिस्तार गरिनेछ:

•    शिक्षाक्षेत्रमा प्रधानसेनापति छात्रवृत्ति र कल्याणकारी छत्रवृत्ति (स्वदेश)को लागि आफ्नै व्यवस्थापनमा  अध्ययनगरिरहेका हिताधिकारीहरुका १ (एक) जना सन्ततीलाई कक्षा ६ देखि १२ सम्म अध्ययन गर्न वार्षिक रु.२०,०००।– (बीस हजार) का दरले सैनिक कल्याणकारी छात्रवृत्ति उपलब्ध गराउदै आईरहेकोमा २०७९ वैशाखको शैक्षिक सत्र देखि कक्षा ४ र ५ मा अध्ययन गरिरहेका हिताधिकारीका सन्ततीलाई समेत बार्षिक रु.२०,०००।-(बीस हजार) प्रदान गरिनेछ । त्यसैगरी लुम्बिनी प्रदेशको उपयुक्त स्थानमा सैनिक महाविद्यालय स्थापना गरी शैक्षिक सत्र २०८० बाट संचालन गरिनेछ ।

•    स्वास्थ्य क्षेत्रमा सेवा बिस्तारको लागि लुम्बिनी प्रदेशमा २५ शैयाको फिल्ड अस्पताल स्थापना गरी सेना दिवस २०७९ बाट संचालन गरिनेछ भने श्री वीरेन्द्र अस्पतालमा मुटुरोग निदान र उपचारको लागि Cath Lab को स्थापना गरिनेछ । साथै श्री त्रि-चन्द्र मिलिटरी अस्पतालको सुविधा विस्तार गरिनुका साथै श्री वीरेन्द्र अस्पताल र उपत्यका बाहिर अक्सिजन प्लाण्टको स्थापना गरिनेछ ।

•    कल्याणकारी निवृत्तिभरणमा पुनरावलोकन गरी ६०बर्ष उमेर पुगेका भू.पू. सैनिक तथा पारिवारिक नीवृत्तिभरणमा रहेकाहरुलाई वार्षिक रुपमारु.५०००।– मा वृद्धि गरी २०७८ असोज १ गतेदेखि बार्षिक रु.१२०००।– उपलब्ध   हुनेछ । त्यसैगरी विगतको द्वन्दमा विरगती प्राप्त गर्ने तथा कर्तव्यपालनाको सिलसिलामा मृत्यु हुने सकलदर्जाका पारिवारिक निवृत्तिभरणमा रहेका करिब ८०० जना एकल महिलाहरुको निवृत्तिभरण रकममा मासिक रु.५००।– का दरले थप गरी क्रमशः रु.३५००।– र रु.२५००।– उपलब्ध  हुनेछ। साथै द्वन्दमा घाईते तथा अपाङ्गता भएका सकलदर्जाहरुलाई चारपाङ्ग्रे स्कुटर उपलब्ध गराईनेछ ।

•    १० (दश) वर्ष वा सोभन्दा बढी सेवा अवधि पुरागरेका सकलदर्जाहरुलाई आवास निर्माणको लागि रु.२५ लाखसम्म सहुलियतपूर्ण व्याजदरमा आवास कर्जा उपलब्ध गराईनेछ। त्यसैगरी कल्याणकारी यातायात सुविधा प्रदान गर्न वहालवाला सकलदर्जाहरुलाई बर्षमा १ पटक घर विदा जाँदा निःशुल्क यातायात सुविधा उपलब्ध गराईनेछ भने सकल दर्जाको लागि परिवार आवास तथा Transit Accommodation को बिस्तार गरिनेछ।

(ज) सैनिक कमाण्ड तथा स्टाफ तालिमको शिक्षार्थि कोटा पुनरावलोकन गरी उक्त तालिमको लागि २०७८ सालको प्रवेश परीक्षाबाट लागु हुने गरी हालको प्रावधान अनुसार नेपाली सेनाको शिक्षार्थी संख्या ५७ जनामा शिक्षार्थी संख्या २० थप गरी जम्मा ७७ बनाईनेछ । अन्य सुरक्षा निकायको हकमा ३ वटा र विभिन्न मित्रराष्ट्रहरुको लागि राखिएको १२ वटा कोटा यथावत राखिनेछ। यसरी कोटा थप गरेपछि कमाण्ड तथा स्टाफ तालिमको अधिक्तम शिक्षार्थी संख्या ९२ कायम हुनेछ ।

(झ)     नेपाली सेनाको प्रतिष्ठा, जनविश्वास र राष्ट्र विकासमा योगदान पुर्‍याउन रणनीतिक दृष्टिकोणबाट महत्वपूर्ण मानिएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माण कार्यलाई निर्धारित समयमा सम्पन्न गर्न विशेष पहल गरिनेछ । त्यसैगरी, नेपाली सेनालाई जिम्मेवारी प्राप्त अन्य महत्त्वपूर्ण करिडोर निर्माणका कार्यहरुलाई पनि समयमै सम्पन्न गरिनेछ।

(अ)     संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेनाको गुणात्मक सहभागिता वृद्धि गर्दै नेपाललाई भरपर्दो र विश्वसनीय Troops Contributing Country का रूपमा विकास गरिनेछ भने शान्ति सेनामा सकलदर्जाको समतामूलक सहभागिताको लागि थप प्रयासहरुसमेत गरिनेछ।

(ट) आमसञ्चार माध्यमबाट नेपाली सेनालाई प्राप्त साथ र सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत नेपाली सेना र आमसञ्चार माध्यमबीचको व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउँदै लगिनेछ।साथै आगामी दिनमा रक्षा मन्त्रालय र नेपाली सेनाबिचको  व्यावसायिक सम्बन्ध थप प्रगाढ र सुदृढ बनाउन प्रयास गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर