परराष्ट्रमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच छलफल

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ जियानचाओले बिहीवार भिडियो कल गरेर कुराकानी गरेका छन् ।

चिनियाँ पक्षले नेपाल र उसकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० पुगेको अवसर तथा भर्खरै जिम्म्ेबारी सम्हालेका लिउले सदभाव कुराकानी गरेको जनाएको छ ।

चीनले दुवै पक्षले सधैं एकअर्कालाई बुझ्ने र समर्थन गर्दै आएका छिमेकी राष्ट्रहरूबीच समान व्यवहार, मैत्रीपूर्ण सहयोग र आपसी हितको नमुना रहेको लिउ जियानचाओले बताएको जनाएको छ ।

उसले अक्टोबर, २०१९मा चिनियाँ राष्ट्पति तथा पार्टीका महासचिव सी जिनपिङको नेपाल भ्रमणले नेपाल र चीनबीचको मैत्री सहयोगको नयाँ अध्याय खोलेको दाबी समेत गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल काङ्ग्रेस पार्टीलगायत सबै नेपाली राजनीतिक दलहरूसँग मैत्रीपूर्ण सदभाव राख्ने समेत उसको भनाई रहेको छ ।

चीनले बेल्ट एण्ड रोडू इनिसियटिभका विषयमा राजनीतिक दलहरूले उचित प्लेटफर्ममा छलफलका लागि आग्रह समेत गरेको छ ।

नेपाल र चीनबीचको सम्बन्ध स्थिर तथा सधैं असल छिमेकी बनेर साझा विकासका लागि असल साझेदार बन्ने तथा एकअर्कालाई समर्थन गर्ने समान विचारधाराका मित्र बन्नसमेत मन्त्री लिउले बताएका थिए ।

यस वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन आयोजना हुँदैछ । यो चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ जनता र विश्वकै लागि महत्वपूर्ण मानिएको छ ।

परराष्ट्रमन्त्री खड्काले चिनियाँ कम्युनिष्ट पार्टीलाई आफ्नो १०१औँ जन्मदिनको शुभकामना दिए । उनले पार्टीको १०० वर्षको इतिहासमा चीनले गरेको प्रगतिको चर्चा समेत गरे ।

उनले नेपाली काँग्रेस पार्टी चीनसँग मित्रवत व्यवहार गर्न प्रतिबद्ध रहेको बताउँदै एक चीन सिद्धान्तलाई दृढताका साथ पालना गर्ने, स्वतन्त्र परराष्ट्र नीतिमा अडिग रहने र कुनै पनि शक्तिलाई नेपालको भूमि चीन विरोधी गतिविधिमा संलग्न हुन नदिने बताए । उनले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन पूर्ण सफलताको कामना समेत गरेका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन झोउले समेत यो वर्तालापमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *