
प्रहरीकाे पुरानाे भर्ना संख्यामा ७६ असई र ५०३ प्रहरी जवान थपिए

नेपाल प्रहरीले गत वर्ष खुलाएको प्रहरी सहायक निरीक्षक (असई)को भर्नामा छनोट गरिनेको संख्या थप गरेको छ । प्रहरी प्रधान कार्यालयले २०७८ को छनोट प्रक्रियामा ३ सय ६७ मागेकोमा अहिले ७६ जना थप गरेको हो ।
प्रहरी प्रधान कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४ सय ४३ जना असईको भर्ना खुलाएको जनाएको हो । २०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३ सय ६७ जना असई माग भएपनि ७६ जना थप गरी कुल जम्मा ४ सय ४३ जना असई माग गरेको सूचनामा उल्लेख छ ।
यता २०७८ मङ्सिर १० गते विज्ञापन प्रकाशन गरी १ हजार ९ सय ७१ जना प्रहरी जवान माग गरेको थियो, यसमा ५ सय ३ जना थप गरी कुल जम्मा २ हजार ४७४ जना प्रहरी जवान माग गरेको छ । माग गरिएका मध्ये असईमा ४० जना र जवानमा २ सय १९ जना महिला छन् ।
- पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र पाकिस्तानकी राष्ट्रिय सभा सदस्य आलमबीच भेटवार्ता
- नक्कली सर्टिफिकेट पेस गरेर सबइन्जिनियरको जागिर खाने रामबाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती कर्मचारीको प्रत्येक ५ वर्षमा एक तह बढुवासहित तहगत व्यवस्थाको माग
- सशस्त्रद्वारा ट्रकमा लुकाएर भारत लैजान लागेको १४३ किलो गाँजा बरामद
Me intrest
Vacancy should be open this year too in high number
असई
असई