गभर्नरबारे छानबिन गर्न सांसदको माग

प्रतिनिधिसभाको बुधवारको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गर्दै अनुसन्धानको माग राखेकी हुन् ।

उनले यस विषयमा छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुबै पक्षलाई कारबाही गर्न माग गरिन् । एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी (खोटाङ) लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ ।

यी ब्यक्ति नै गभर्नर महाप्रसाद अधिकारी भएको र उनको छद्म नाम एम अधिकारी रहेको दावी गरिएको छ ।

र,  याे पनि–

नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्यमा देशका गभर्नर? अनुसन्धान नगर्ने त सरकार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर