प्रदेश र प्रतिनिधिसभा चुनाव मंसिर ४ गते एकै चरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा मंसिर ४ मा चुनाव गर्ने समझदारी भएको थियो ।

निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर