प्रधानमन्त्री नै संसद्प्रति जवाफदेही छैनन् : खगराज अधिकारी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन्।

पूर्वगृहमन्त्रीसमेत रेहका सांसद अधिकारीले महिनाको दुईपटक प्रतिनिधि सभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भए पनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गरे।

उनले सत्तापक्ष र सरकार संसद्प्रति जवाफदेही नभएकाले महिलाहरूको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको दाबी गरे।

मंगलबार आगामी प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अधिकारीले आफ्नो पार्टी राज्यका हरेक निकायमा महिलाहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउन निरन्तर लागिरहेको बताए।

सांसद अधिकारीले महिलाहरूसँग क्षमता भएकाले उनीहरूलाई प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारी बढाउने कुरामा आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर