सप्तरीमा तस्कर समूह र प्रहरीबीच झडप, तीन प्रहरी घाइते, सुरक्षा व्यवस्था कडा

तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा सप्तरीमा तस्कर समूह र प्रहरीबीच झडप भएको छ ।

झडपका क्रममा तस्करहरूले गरेको ढुंगा प्रहारबाट तीन जना प्रहरी पनि घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सप्तरीको बलान बिहुल गाउँपालिका– ४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।

‘तस्करीका सामान घरमा लुकाएर राखेको सूचनापछि प्रहरी टोली परिचालन गरेका थियौं,’ डीएसपी काफ्लेले पर्दाफाससँग भने, ‘प्रहरीले घर खानतलासी गर्न खोज्दा तस्कर समूहले प्रहरीमाथि नै ढुंगामुढा गर्‍यो र तीन जना प्रहरी घाइते भए । स्थितिलाई नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गनुपर्‍यो ।’

उनका अनुसार अहिले घटनास्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीले घरबाट तस्करी गरी ल्याइएका केही सामान बरामद गरेको छ । ‘कपडा र इलेक्ट्रोनिक्स सामान बरामद गरेका छौं,’ डीएसपी काफ्ले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर