नेप्से परिसूचकमा २१.१६ अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार

पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रूपमा गिरावट आइरहेको छ । सोमबार भएको कारोबारमा ४.२९ अंक घटेर बन्द भएको नेप्से मंगलबार २१.१६ अंक घटेर १९५१.८४ बिन्दुमा झरेको छ ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ ।

मंगलबार कारोबारमा आएका २२७ कम्पनीको ३२ लाख ९ हजार कित्ता शेयर १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । नेप्से परिसूचक घटेप नि कारोबारमा भने सामान्य सुधार भएको छ । सोमबार ९० करोड ९९ लाखको मात्रै कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढ्दा बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४० प्रतिशत बढेको छ । बाँकी वित्त उपसमूहको परिसूचक २.१२ प्रतिशत र जलविद्युत् उपसमूहको परिसूचक २.०५ प्रतिशतले घटेको छ ।

मंगलबार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ । सानिमा माई हाइड्रोपावरको शेयर मूल्य ७.३२ प्रतिशत घटेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य ६ प्रतिशत घटेको छ । मंगलबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *