एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्याे

मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलेको छ । नेपाल प्रहरीको मानवस्रोत विकास विभागको भर्ना छनौट शाखाले आइतबार सूचना प्रकाशित गर्दै भर्ना खुलेको जनाएको छ । भर्ना हुन चाहनेहरुले भदौ ३० देखि असोज ६ गतेसम्म आबेदन दिन सकिने सूचनामा उल्लेख छ । प्रहरीले सार्वजनिक बिदाको दिनमा पनि आबेदन दिन सकिने जनाएको छ । म्यादी प्रहरीमा भर्नाका लागि उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रहरी परिसर तथा सबै जिल्ला प्रहरी कार्यालयहरुमा आबेदन दिन सकिने व्यवस्था गरेको छ । कातिक ९ बाट कार्यक्षेत्रमा खटाउने गरि तयारी गरेको प्रहरीको कार्यावधी ४० दिनको हुने छ ।

म्यादी भर्नाका लागि २०७४ सालको स्थानीय तह तथा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा भर्ना भएकाहरुलाई प्राथमिकता दिने बताएको छ । त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका सेवा निवृत्त भएका वा उपदान पााएका पूर्व सुरक्षाकर्मी वा पूर्व वन रक्षकलाई प्राथमिकता दिने जनाएको छ ।
चुनावको ४० दिनका लागि म्यादी प्रहरी भर्ना लिन लागिएको हो । उनीहरुलाई कातिक ९ गतेबाट कार्यक्षेत्रमा परिचालन गरिने प्रहरीले जनाएको छ । यसरी भर्ना हुने म्यादी प्रहरीले दैनिक ८ सय ६९ रुपैया परिश्रमिक प्राप्त गर्ने छन् ।
त्यसैगरी रासनका लागि ७ हजार २ सय र पोशाक वा अन्य आवश्यक सामान खरिदका लागि ६ हजार रुपैया प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर