महाभियोग समितिले चोलेन्द्रलाई भोलि पूरक प्रश्न सोध्ने

महाभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताहरुसँग बयान लिएको छ । बिहीबा समितिले वरिष्ठ अधिवक्ताहरु चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो । महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका वरिष्ठ अधिवक्ताहरूसँग आज बयान लिएको हो । बैठकमा आएर अधिवक्ताहरू प्रधानन्यायाधीश जबराले लगाएका आरोपको बयान दिएकोसमितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले बताए ।

उनले शुक्रवार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पनि पूरक प्रश्नसमेतका लागि बोलाउने निर्णय भएको पनि बताए । उनले अहिले समितिले प्रतिवेदन लेख्ने काम गरिरहेको र प्रतिवेदनको बारेमा भोलिको बैठकले निर्णय गर्ने बताए ।

बैठकमा बयान दिएपछि वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले चोलेन्द्र शमशेर जबराबिरुद्ध यो महाभियोगको प्रक्रियाको थालनीको लागि बारले खेलेको भूमिकाका बारेमा कसरी त्यस्तो परिस्थिति सिर्जना भयो भन्ने कुरा राखेको बताए ।

उनले यो बयानले महाअभियोगको प्रक्रियालाई अझै बल पुगेको महशुस भएको बताए । उनले समितिले आफूहरुसँग अझै प्रमाण भए त्यो पनि पेस गर्न भनेको बताए ।

उनले सके यही संसद्बाट टुंगो लाग्नुपर्ने र प्रक्रिया नसके महाभियोगको मुद्दा अर्को संसदले जिम्मेवारी लिनेगरी व्यवस्था गर्नुपर्ने बताए । उनले प्रधानन्यायाधीश जबराले महाभियोगको स्पष्टीकरणका लागि दिएको मौकालाई दुरुपयोग गरेर आफूमाथि आरोप लगाएको बताए ।

वरिष्ठ अधिवक्ता शाक्यले आफूमाथि लागेका आरोप निराधार रहेको उल्लेख गर्दे तत्कालीन समयमा न्यायका लागि संघर्षमा उत्रिएका कानून व्यवसायीहरुलाई विवादमा तान्न प्रधान्यायाधीश जबराले आफूहरुको नाम लिएको बताए । महाभियोग सिफारिस समितिको अर्को बैठक शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर