नेपाली सेनामा एकवर्षपछि व्युँतिएका चार पृतनाका लागि तीन उपरथी, पाँच सहायक रथीसहित कर्णेल र मेजरकाे सरुवा

नेपाली सेनाले २१ भदौंको मन्त्रिपरिषद्को निर्णयले २८ भदौंबाट पुर्नस्थापना गरेका आठवटा पृतनामध्ये चारवटा पृतनामा कमाण्ड नेतृत्व तोकेको छ । प्रधानसेनापति प्रभुराम शर्माले यसअघि पृतनाको नेतृत्व गर्न बाँकी रहेका चारजनालाई जिम्मेबारी दिएका हुन् ।

सैनिक सचिव विभागले ३१ भदौंबाट लागू हुनेगरि उनीहरुको काज नियुक्ति गरेको हो ।

सेनाले तीन जोड एक अवधारणा अनुसार रहेका चारवटा कमाण्ड हाललाई यथावत राख्दै सुदुरपश्चिम पृतना, उत्तरपश्चिम पृतना, मध्यपश्चिम पृतना, पश्चिम पृतना, मध्य पृतना, मध्यपूर्वी पृतना। उपत्यका पृतना र लाई पुर्नस्थापना गरेको हो । । यी पृतनाहरुलाई २०७४ अनुसार नै जिम्मेबारी क्षेत्र र दरबन्दी कायम गरिएको छ ।

यसपटक काज सरुवा नियुक्ति मध्यपूर्वी पृतना, मध्यपश्चिम पृतना, मध्य पृतना र सुदुरपश्चिम पृतनामा गरिएको छ । बाँकी रहेका उत्तरपश्चिम पृतना, पश्चिम पृतना, उपत्यका पृतना र पूर्वी पृतनामा कमाण्ड हेडक्वार्टरलाई नै जिम्मेबारी तोक्ने तयारी भइरहेको छ ।

सैनिक सचिव विभागको सरुवा नियुक्ति पत्र अनुसार मध्य पूर्वी पृतना हेडक्वार्टरमा राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा रहेका उपरथी प्रेमध्वज अधिकारीसहित पूर्वी कमाण्डमा रहेका सहायक रथी हेमराज केसी, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेका महासेनानी दिलविक्रम सुव्वा, पूर्वी कमाण्डमा रहेका प्रमुख सेनानी राजेन्द्र पराजुली र सेनानीहरु प्रल्हाद थापा र मोहन क्षेत्री बस्नेतको सरुवा भएको छ ।

यस्तै सुदुरपश्चिम पृतनामा निरीक्षणाधिकृत विभाग प्रमुख रहेका उपरथी होमनाथ दवाडी, पश्चिम कमाण्डमा रहेका सहायक रथी टंकप्रसाद भट्ट, महासेनानी सुवास जंग थापा र पश्चिम कमाण्डबाट सैनिक वार कलेजमा काजमा रहेका प्रमुख सेनानी रवि खड्का र सेनानीहरु इन्दिवर शम्शेर जबरा र माधव खड्काको सरुवा भएको छ ।

प्रधानसेनापति शर्माले मध्यपश्चिम पृतनामा युद्ध मद्दती तथा युद्ध सेवा मद्दती फौज विभागमा रहेका उपरथी यामप्रसाद ढकाललाई जिम्मेबारी दिएका छन् । उनीसँगै राष्ट्रिय सेवादलमा रहेका सहायक रथी किरण केसी, १७ नम्बर बाहिनीमा रहेका महासेनानी अनुप अधिकारी, मध्यकमाण्डमा रहेका प्रमुख सेनानी अनिल उपाध्याय र सेनानीद्धय कृष्णशरण गुरुङ र विश्वास थापाको सरुवा भएको छ ।

मध्य पृतनामा सहायक रथी विजय थापालाई लगिएको छ । उनी सैनिक कल्याणकारी महानिर्देशनालयमा थिए । यस्तै उपत्यका कमाण्डमा रहेका सहायक रथी कृष्णप्रसाद सापकोटा , १६ नम्बर बाहिनीबाट महासेनानी सन्तोष कार्की र उपत्यका कमाण्डबाट प्रमुख सेनानी नन्दबहादुर गुरुङ तथा सेनानीहरु देवेन्द्र थापा र मनोज थापालाई लगिएको छ ।

नेपाली सेना फेरि पृतनामै फर्कियो, तत्कालिन प्रधानसेनापति थापाको कमाण्ड अवधारणा ‘फेल’

पूर्वी पृतनाअन्तर्गत भोजपुर,धनकुटा,इलाम,झापा, खोटाङ,मोरङ,ओखलढुंगा,पाँचथर र संखुवासभा रहेका छन् । मध्यपूर्वी पृतनाअन्तर्गत अधिकांश मधेश प्रदेशका जिल्ला छन् । जसमा सप्तरी,सिरहा,धनुषा,महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट पर्दछन् ।

त्यसैगरी हेटौंडा मुकाम रहने मध्यपृतनामा काठमाडौं,भक्तपुर र ललितपुरबाहेकका १० जिल्ला समेटिएका छन् । त्यसमा सिन्धुली, रामेछाप, दोलखा, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, रसुवा र मकवानपुर छन् ।

उपत्यका पृतनामा काठमाडौं उपत्यकाका तीन जिल्ला र पश्चिम पृतनामा बागलुङ, गोरखा, कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, नवलपरासी (बर्दघाट,सुस्ता पूर्व), पर्वत, स्याङ्जा र तनहुँ हुन् ।

मध्यपश्चिम पृतनामा कपिलवस्तु, नवलपरासी (बर्दघाट, सुस्ता पश्चिम), रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, दाङ, बाँके, बर्दिया, प्युठान, रोल्पा, रुकुम (पूर्वी भाग) छन् भने उत्तर पश्चिम पृतनामा रुकुम ९पश्चिम भाग०, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, सुर्खेत, दैलेख, जाजरकोट राखिएको छ ।

सदूर पश्चिम पृतनाअन्तर्गत कैलाली, अछाम, डोटी, बझाङ, बाजुरा, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला रहनेछन् ।

नेपाली सेनाका तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले आवश्यकता र औचित्यका आधारमा भन्दै देशभर रहेका पृतना खारेजसहित १ साउन २०७८ बाट कार्यन्वयनमा ल्याएको तीन जोड एक कमाण्डबाट जंगी अड्डा पछि हटेको छ । कमाण्ड अवधारणासँगै खारेज भएका आठवटै पृतना पुर्नस्थापित गर्ने निर्णय बुधबार सेनाले गरेको हो ।

सेनाले पृतना मुख्यालयको तैनाथी तथा जनशक्ति व्यवस्थापनका सम्बन्धमा सर्कुलर भएको परिपत्रमा २१ भदौंमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको ३ जोड १ कमाण्ड यथावत राख्दै ८ एक्स पृतना पुर्नस्थापना गर्ने निर्णय गरेको उल्लेख थियो ।

नेपाली सेनाले आमनिर्वाचनको मुखमा खारेज भएका पृतना पुर्नस्थापना गरेको हो ।

प्रतिक्रिया

2 thoughts on “नेपाली सेनामा एकवर्षपछि व्युँतिएका चार पृतनाका लागि तीन उपरथी, पाँच सहायक रथीसहित कर्णेल र मेजरकाे सरुवा

  1. जे गरे ठिक गरे अब सेनाकाे संख्या बढाएर देशका सीमा सीमामा ड्युटी पाेस्ट राख्नु जरुरी भैसकेकाे छ। जंगे पिल्लर सार्नेहरुलाई निशाना सांध्नु जरुरी भैसकेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर