भीरमा अड्किएका शिक्षकको सेनाले गर्‍याे उद्धार

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव शिवाकोटीको २२ घण्टापछि उद्धार गरिएको छ ।

दोलखाको कालिन्चोक–३ स्थायी घर भएका ३७ वर्षीय शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी शिव बुढाथोकीले जानकारी दिए ।

शिक्षक शिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेका हुन् । उनी शनिबार पौडी खेल्ने क्रममा चिप्लिएर खस्दा बेपत्ता भएका थिए ।

उनी सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ स्थित सर्कथली आधारभूत विद्यालयका शिक्षक हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर