पोखरा एटीएम प्रकरणको सफल अनुसन्धान गर्ने सई सुवेदी बने गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी

पोखरामा अस्वाभाविक रूपमा वृद्धि भइरहेको ‘एटीएम फुटाएर पैसा चोरी’का घटनाको सफल अनुसन्धान गर्ने प्रहरी अधिकारी पुरस्कृत भएका छन्।

एटीएम फुटाएर पैसा चोरीलगायतका घटनामा संलग्न फरार प्रतिवादीलाई पक्राउ गरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब निरीक्षक (सई) सन्तोष सुवेदीलाई भदौ महिनाको प्रदेशकै उत्कृष्ट प्रहरी घोषणा गरेको हो।

उनले पोखरामा एटीएम मेशिन फुटाएर भएको पैसा चोरी, विन्ध्यवासिनी मन्दिरको पैसासहितको दानपेटिका चोरी, तनहुँमा भएको कर्तव्य ज्यान र विभिन्न समयमा लागुऔषधसम्बन्धी मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

पोखरामा बैंकको एटीएम मेशिन फुटाएर पैसा चोरी गर्ने घटनाहरू असामान्य रूपले बढेका छन्। यस वर्षको साउनदेखि हालसम्म यस प्रकारको घटनामा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन्।

र, याे पनि–

किन पटकपटक फोरिन्छन् पोखराका एटीएम मेशिन ?

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर