इन्डोनेसियाको रंगशालामा भएको भागदौडमा १ सय २७ जनाको मृत्यु

इन्डोनेसियाको एउटा रंगशालामा भएको भागदौडमा कम्तीमा १ सय २७ जनाको मृत्यु भएको छ ।

दंगामा उत्रिएका फुटबल समर्थकलाई तितरबितर गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि रंगशालाभित्र भागदौड मच्चिएको अधिकारीहरुले बताएका छन् । पुर्वी जाभा प्रान्तमा भएको सो घटनामा करिब १ सय ८० जना घाइते भएका छन् ।

अमेरा फुटबल क्लब प्रतिद्वन्द्वी पेर्सेबाया सुराबायासँग पराजित गरेपछि समर्थकहरु खेल मैदानमा प्रवेश गरेका थिए । भिडियो फुटेजमा खेल सकिने वित्तिकै दर्शकहरु मैदानमा प्रवेश गरेको देखिन्छ । समर्थकको भीडलाई तितरवितर गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

भीडमा किचिएर र श्वास फेर्न नपाएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मारिनेमा २ जना प्रहरी अधिकारी पनि छन् । ३४ जनाको रंगशालामा र बाँकीको अस्पतामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर