बाँकेमा दुई संघीयमन्त्रीसहित ९९ जनाको उम्मेदवारी

बाँकेको तीन प्रतिनिधि सभा सदस्य र छ प्रदेश सभा सदस्यका लागि दुई संघीयमन्त्रीसहित ९९ जनाको उम्मेदवारी परेको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा सबैभन्दा वढी प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभा सदस्यका लागि २४ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

नेपालगञ्ज बजारसमेत रहेको यस क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई जनता समाजवादी पार्टीको तर्फबाट र नेकपा (एमाले) को समर्थनमा राप्रपाका डा. धवलशम्शेर राणा, नेपाली कांग्रेसबाट सुदीपनरसिंह राणाबीच प्रतिस्पर्धा हुनेछ । शिवसेना नेपालबाट दीवाकर शर्मा खनालले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभामा उम्मेदवारी परेका २४ मध्ये प्रदेश (क) मा १२ र प्रदेश (ख) मा १२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नं. १ मा २८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा सदस्यका लागि ११ र प्रदेश सभा सदस्यका लािग १७ जनाले उम्मेदवारी दिएका छन् ।

उक्त निर्वाचन क्षेत्रमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । मन्त्री गहतराज नेकपा (माओवादी केन्द्र)को नेतासमेत हुन् ।

निर्वाचन क्षेत्र नं. ३ मा ३१ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा सदस्यका लागि १० र प्रदेश सभा सदस्यका लागि २१ जनाले उम्मेदवारी दिएका छन् । प्रदेशको (क) मा ९ र (ख) मा १२ जना छन् ।

महिला सहभागिता न्यून

बाँकेको तीन प्रतिनिधि सभा सदस्य र छ प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा महिला सहभागिता न्यून देखिएको छ ।

बाँकेको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस बीपीबाट कुन्ति शर्मा र प्रदेश सभा सदस्यका लागि १(ख) बाट कृष्ण केसीको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए । निर्वाचन क्षेत्र नं. २ मा स्तन्त्रतर्फ एक जना महिला उम्मेदवार छिन् । निर्वाचन क्षेत्र नं. ३ मा महिला सहभागिता शून्य रहेको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर