शताब्दी पुरुष जोशीलाई ‘राष्ट्रिय सम्मान’ दिइने

उपचारका क्रममा आइतबार बिहान निधन भएका वाङ्‍मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ गरिने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिने निर्णय भएको बताए ।

उनका अनुसार गृह मन्त्रालयले केहीबेरअघि मात्रै यससम्बन्धी निर्णय गरेर प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

वाङ्मय शताब्दी पुरुष जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा राखिएको छ ।

पुरातत्वविद् जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

यसअघि उनको पार्थिव शरीर १२ बजेसम्म श्रद्धाञ्जलीका लागि कलेज प्राङ्गणमा राखिएको थियो । त्यहाँ राजनीतिक दलका स्थानीय नेता, संस्कृतिविद् तथा शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीलगायत पार्टी नेता एवं समाजका विभिन्न क्षेत्रका तह र तप्काका व्यक्ति महानगरपालिका पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । पार्थिव शरीर त्यहाँ अपराह्न ४ बजेसम्म रहने महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर