पर्सा-४ मा कांग्रेसका पुराना नेता रमेश रिजाललाई चुनाव जित्न सहज

नेपाली कांग्रेसका पुराना नेता केन्द्रीय सदस्य रमेश रिजाललाई आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पर्सा क्षेत्र नं. ४ मा चुुनाव जित्न सहज देखिएको छ।

सतारूढ गठबन्धनका उम्मेदवार रहेका रिजाल गत निर्वाचनमा पराजित भए पनि यसपटकको निर्वाचनमा भने जित्ने सम्भावना बढेर गएको छ।

यस क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार रिजाल नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन उम्मेदवार जालिम मियाँबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

०७४ सालमा भएको निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टी–राष्ट्रिय जनमोर्चा पार्टी गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्णसँग रिजाल पराजित भएका थिए।

तर, रिजाललाई यसपालि कर्णको चिन्ता भने छैन। किनभने कर्ण पर्साकै क्षेत्र नम्बर १ बाट सतारूढ गठबन्धनका उम्मेदवार छन्।

सतारूढ गठबन्धनमा रहेका रिजाल आबद्ध दल कांग्रेससहित, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पनि मत उनले पाउने भएपछि ०७४ सालको भन्दा बलिया उम्मेदवारको रूपमा यस क्षेत्रमा उनी देखिएका छन्।

अर्कोतर्फ उनीविरुद्ध एमाले–जसपा गठबन्धनबाट उम्मेदवार रहेका जालिम मियाँ भने नवप्रवेशी एमाले हुन्। उनी एक वर्ष पहिलेमात्रै माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए।

देश संघीयतामा गएपछि ०७४ सालमा भएको स्थानीय तहको निर्वाचन उनी माओवादी केन्द्रबाट पर्साको जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

गाउँपालिका अध्यक्षको रूपमा काम गरिसकेका मियाँ भने पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा भिड्न लागेका छन्।

नेपालमा कोभिड महामारी सुरु भएको बेला जालिम मियाँले आफ्नो घरमा शंकास्पद कोरोना संक्रमित मुस्लिमहरूलाई आश्रय दिएको र भारतमा घुसपैठ गराउन खोजेको आरोप लागेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर