महिला भलिबलमा विभागीय एपीएफ र पुलिस क्लब फाइनलमा प्रवेश

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन् ।

एपीएफलले बागमती र पुलिसले गण्डकी प्रदेशलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् । सात प्रदेश र तीन विभागीय टिमले सहभागिता जनाएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गदै विभागीय टिमले स्थान सुरक्षित गरेका छन् ।

मंगलबार खुलामञ्चमा भएको सेमिफाइनमा नेपाल पुलिस क्लबले सोझो तीन सेटमा गण्डकीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पुलिसले गण्डकीमाथि २५–१०, २५–१८ र २५–११ को सहज जित निकालेको थियो । त्यसैगरी एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

पहिलो सेटमा २५–२३ को नतिजा निकालेको बागमती दोस्रो, तेस्रो र चौथो सेटको खेलमा सम्हालिन नसक्दा एपीएफले नतिजा आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो सेटमा एपीएफले बागमतीमाथि २५–२३, २५–२२, २५–१६ जित निकाल्दै फाइनल यात्रा तय गरेको छ ।

सेमिफाइनलको प्रतियोगितामा एपीएफकी निरुता ठगुन्ना र पुलिसकी कामना विष्ट उत्कृष्ट खेलाडी घोषित भएका छन् । बुधबार प्रतियोगिताको फाइनल प्रतिस्पर्धासँगै तेस्रो स्थानका लागि सेमिफाइनलसम्म पुगेका गण्डकी र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर