डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी दुर्गा सिंह चन्दलाई दिइएको छ । आज गृहमन्त्री स्तरीय निर्णयबाट चन्दलाई गण्डकीमा सरुवा गरिएको हो ।

चन्दले यसअघि पनि बाग्मती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेकी छन् ।

गण्डकीको प्रहरी प्रमुखमा रहेका डीआईजी विकासराज खनाल हालै उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर