रामेछापमा खानेपानी कार्यालयका इन्जिनियर र प्लम्बर २८ लाख घुससहित पक्राउ

रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं. ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा २८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।

उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जनाएको छ ।

रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीबापत उनीहरूले रकम लिएको खुलेको अख्तियारको भनाइ छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अख्तियारको केन्द्रीय कार्यालयको टोली रामेछापमा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर