रामेछापमा २८ लाख घुससहित पक्राउ परेका इन्जिनियरकाे साथबाट थप साढे ९ लाख बरामद

२८ लाख रुपैयाँ घुससहित रंगेहात समातिएका रामेछापको खानेपानी कार्यालयका इञ्जिनियर र प्लम्बरको साथबाट थप साढे ९ लाख रुपैयाँ बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ परेका दुवै जनाको खानतलासी लिने क्रममा थप साढे ९ लाख रुपैयाँ फेला पारेको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन–४ का इञ्जिनियर नवराज सत्याल र करारका प्लम्बर बखतबहादुर थापा बुधबार १६ लाख नगद १२ लाख रुपैयाँको चेकसहित पक्राउ परेका थिए । रामेछापको मन्थलीस्थित इञ्जिनियर सत्यालको सरकारी निवासमा थप खानतलासीको क्रममा रकम बरामद भएको अख्तियारको दाबी छ ।

उनीहरुले सेवाग्राहीसँग घुस मागेको सूचना पाएको आधारमा आफ्नो टोलीले निगरानी गरेको र उनीहरुको खानतलासी लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *