राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प छैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरताबिना विकास निर्माण सम्भव नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली जनताले देशमा स्थिरता कायम होस् भन्ने चाहना गरेको भन्दै देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प नभएको बताए ।

उनले राजनीतिक स्थिरताबाट नै देशमा समृद्धि र विकास हुनसक्ने भन्दै आगामी नर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गरे । उनले राजनीतिक स्थिरता र स्थायित्व, संविधानको कार्यान्वयनका लागि गठबन्धन हार्न नहुने बताए ।

नेता सिंहले गठबन्धनलाई जिताउनका लागि देशभरबाट सबै नेता, कार्यकर्तालाई सहजताका लागि आवश्यक पहल गर्न आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर