सर्वोच्चले खारेज गर्‍याे राजु गुरुङको उम्मेदवारी

सर्वोच्च अदालतले रूपन्देही क्षेत्र नं. २ का नेकपा एकीकृत समावजादीका प्रतिनिधि सभा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय सदर गरेको छ।

निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो। उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा रिट दर्ता गरेका थिए।

उक्त रिटमा न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार अन्तरिम आदेश दिन नपर्ने स्पष्ट पारेको हो। सर्वोच्चको आदेशमा गुरुङको कालोसूचीमा नाम कायम रहेको देखिएको र कालोसूचीमा नाम भएका व्यक्तिले निर्वाचनमा उम्मेदवार हुन नपाउने उल्लेख छ।

इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर