नगद र चेक गरी साढे दश लाख रुपैयाँसहित डिल्लीबजार मालपोतका कार्यालय सहयोगी पक्राउ

काठमाडौंको डिल्लीबजारस्थित मालपोत कार्यालयका कार्यालय सहयोगी होमनाथ खतिवडा ३ लाख १८ हजार ६ सय रुपैयाँ नगद र ७ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ परेका छन्।

मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको उजुरीका आधारमा खतिवडालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार कार्यालय परिसरबाट पक्राउ गरेको थियो।

खानतलासी गर्दा उनको साथबाट स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय रुपैयाँ नगद र ७ लाख ५० हजार रुपैयाँको चेक फेला परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर