सेनाका ५१ जना पदिकलाई मानार्थ उपसेनानीको दर्जा

नेपाली सेनाका ५१ जना पदिकहरू मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएका छन्।

मानार्थ उपसेनानीको दर्जा पाउनेहरूमा २२ जना प्रमुख सुवेदार, १५ जना सुवेदार, ८ जना लेखा सुवेदार, ५ जना प्राविधिक सुवेदार र १ जना सुवेदार कमाण्डर छन्।

नेपाली सेनामा रही दीर्घ सैनिक सेवासहित विशिष्ट योगदान दिएका पदिकहरूले मानार्थ उपसेनानीको दर्जा पाएका हुन्।

मानार्थ उपसेनानीको दर्जा पाएका पदिकहरूमध्ये उपत्यकाभित्र कार्यरत पदिकहरूलाई असोज १३ गते प्रधानसेनापति प्रभुराम शर्माले टुँडिखेलमा आयोजित एक कार्यक्रमका बीच मानार्थ उपसेनानीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

टुँडिखेलको कार्यक्रममा उपस्थित नभएका पदिकहरूलाई सम्बन्धित युनिटमै दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

यी हुन् मानार्थ उपसेनानीकाे दर्जा पाउने पदिकहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर