कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन गम्भीर घाइते

कालीकोटमा बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ। तीन जना गम्भीर घाइते भएका छन्।

शनिबार बिहान करिब ८ बजे कालिकोटको तिलागुफा नगरपालिका–१० रानावाडास्थित कोदोबारीमा बम विस्फोट भएको हो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी जयश्वर रिमालले बम विस्फोटमा परी दुई जनाको मृत्यु भएको पुष्टि गरे।

तिलागुफा नगरपालिका–१० बस्ने ४ वर्षीया झरना थापा र सोही ठाउँकी ४ वर्षीया सरस्वती रानाको मृत्यु भएको हो। झरनाको घटनास्थलमै र सरस्वतीको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

गम्भीर घाइते हुनेमा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीया मुस्कान थापा र ३ वर्षीया दर्शना राना छन्। उनीहरूलाई हेलिकप्टरबाट उपचारको लागि सुर्खेतमा पठाइएको छ।

विस्फोट भएको बम नयाँ हो वा पुरानो भन्ने खुलेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर