झापा ३ मा सिटौला-लिङ्देन भिडन्त, सिटौलालाई बदला लिने मौका

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ३ मा पुराना प्रतिस्पर्धीबीच नै पुनः प्रतिस्पर्धा हुने भएको छ।

२०७४ को निर्वाचन जितेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र उनीसँग पराजित भएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच पुनः प्रतिस्पर्धा हुन लागेको हो।

२०७० सालमा भएको संविधान सभाको निर्वाचनमा लिङ्देनलाई पराजित गर्दै विजयी भएका सिटौलाले २०७४ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लिङ्देनसँगै पराजय व्यहोर्नुपरेको थियो।

यसअघि भएको निर्वाचनमा लिङ्देनलाई गठबन्धनको साथ थियो। यसपटक पनि उनलाई एमालेको साथ त छ तर स्थानीय निर्वाचनको मत परिणामका आधारमा यसपटक सिटौलाको जित सहज देखिएको छ। अर्कातिर सिटौलालाई सत्ता गठबन्धनमा आबद्ध दलको पनि समर्थन रहेकाले उनको जितलाई थप बल पग्ने देखिन्छ।

लिङ्देनसँग बदला लिने दाउसहित सिटौला चुनावी प्रचारमा सक्रिय छन्। यस क्षेत्रमा यी दुईसहित १८ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा भने यिनै दुईबीच हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *