युनिलिभरले वार्षिक ३ सय करोड कर तिर्छ, यो नेपालको सफलता हो : एमडी मुखर्जी

युनिलिभर कम्पनीका कार्यकारी निर्देशक (एमडी) अम्लन मुखर्जीले वार्षिक ३ अर्ब रुपैयाँ कर तिर्ने कम्पनी आउनु नेपालको सफलता भएको बताएका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको तेस्रो लगानी सम्मेलन कार्यक्रममा बोल्दै उनले यस्तो भएका हुन् ।

उनले ले भने, ‘युनिलिभर विश्वप्यापी कम्पनी हो । यसमा कुनै शंका छैन । वृहत्त लगानी र रोजगारीसँगै नेपाल सरकारलाई कम्पनीले ठुलो परिमाणमा कर तिरिरहेको छ ।  युनिलिभरले प्रत्यक्षपरोक्ष रूपमा नेपाल सरकारलाई वार्षिक करिब ३ सय करोड (३ अर्ब) रुपैयाँ कर तिर्छ । यो नेपालको सफलता हो ।’

१५० भन्दा बढी उत्पादन दिइरहेको कम्पनीले नेपालमा २७५ मिलियन अमेरिका डलर अर्थात् २७ करोड ५० लाखभन्दा बढी पुँजी लगानी गरेको उनले बताए ।  एमडी मुखर्जीले पुँजीबजारमा कम्पनीको सेयर मूल्य समेत ३ सय अमेरिकी डलर पुगेको भन्दै खुसी व्यक्त गरे ।

यो सबै हुनुमा केबल कम्पनीको मात्र सफलता नभएर नेपालको पनि सफलता भएको उनको तर्क छ ।

मुखर्जीले युनिलिभर वातावरण संरक्षण र स्वच्छतामा जिम्मेवार रहेको बताउँदै कम्पनीले प्लास्टिकजन्य वस्तु उत्पादनलाई शतप्रतिशत फिर्ता लिने बताए । यसैगरी ६० प्रतिशत प्लास्टिकलाई विभिन्न प्रयोग र प्रक्रियामार्फत कम्पनीले पुनःप्रयोगमा ल्याउने गरेको उनले दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *