यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणापत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।

घोषणापत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ ।

सत्तारूढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यसअघि नै चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

हेर्नुहाेस् एमालेकाे घाेषणापत्रकाे पूर्णपाठ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *