मकवानपुरमा फरार प्रतिवादी पक्राउ गर्न खटिएका प्रहरी कमाण्डरले गोली र म्यागजिन हराएपछि…

मकवानपुरमा लागुऔषध गाँजा मुद्दाका फरार प्रतिवादी पक्राउ गर्ने क्रममा प्रहरीले गोली र म्यागजिन हराएको छ।

कैलाश गाउँपालिका–१ क्युरेनी बस्ने फरार प्रतिवादी ३५ वर्षीय शिवराज मोक्तानलाई पक्राउ गर्न प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीका कमाण्डर प्रहरी सहायक निरीक्षक राजेन्द्रकुमार विकको साथमा रहेको गोली र म्यागजिन हराएकाे हाे।

मोक्तानलाई घर नजिकैबाट पक्राउ गरेर प्रहरी चौकी डाँडाखर्कतर्फ लैजाने क्रममा प्रहरी सहायक निरीक्षक विकको साथमा रहेको ठूलो चाइनिज पेस्तोलको ७ राउण्ड गोली भएको म्यागजिन हराएको हो।

हराएको गोली र म्यागजिनको खोजतलास भइरहेको र पक्राउ परेका मोक्तानलाई इलाका प्रहरी कार्यालय पालुङ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर