रूपन्देहीमा तीन जना पैदलयात्रीकाे ज्यान जानेगरी ठक्कर दिएर फरार कार चालक पक्राउ

रूपन्देहीमा तीन जनाको ज्यान जानेगरी सवारी दुर्घटना गराएर फरार रहेका प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रोहिणी गाउँपालिका वडा नं. ३ धकधई बस्ने दुर्घटना गराउने कार चालक २३ वर्षीय अजयकुमार चौधरी पक्राउ परेका हुन्।

सोमबार बिहान ४:५५ बजे ओमसतिया गाउँपालिका वडा नं. ४ पननीस्थित भैरहवा–परासी सडकखण्डमा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको बा ८ च ६५३२ नम्बरको टाटा इण्डिका भिष्टा कारले पैदलयात्रीहरू ओमसतिया गाउँपालिका वडा नं. ४ पननीका दुई महिनाका शिशु श्रीराम कुर्मी, २८ वर्षीया परमशिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी, २६ वर्षीया मञ्जु कुर्मी र २४ वर्षीया वन्दना कुर्मीलाई ठक्कर दिएको थियो।

कारको ठक्करबाट उनीहरू घाइते भएका थिए भने चालक घटनापछि फरार थिए।

घाइतेहरूलाई उपचारका लागि भीम अस्पताल तथा मेडिकल कलेज भैरहवामा लगिएकोमा उपचारको क्रममा परमशीला कुर्मी गुप्ता, सीमा कुर्मी र श्रीराम कुर्मीको मृत्यु भएको हो। मञ्जु कुर्मी उपचारपछि डिस्चार्ज भएकी छन् भने वन्दना कुर्मीको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।

दुर्घटना गराउने कार चालक चौधरीलाई सिद्धार्थनगर नगरपालिका वडा नं. ४ बाट प्रहरीले पक्राउ गरेको हो भने उनले चलाएको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका चौधरीमाथि रूपन्देही जिल्ला अदालतबाट म्याद थप गरेर अनुसुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर