सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि किशोरी पक्षका वकिलले बहस गर्ने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी थुनछेक बहस आज पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवाश पाठक र लभ मैनालीले बहस गरेका थिए । सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन् ।

भोलि (शुक्रबारर) पीडित किशोरी पक्षका वकिल र सरकारी वकिलहरूले बहस गर्नेछन् ।

आजको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताइन् । उनले आज सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गरेको बताइन् ।

उनले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाइँसराइको कागजबाट पनि किशोरी नाबालिका होइनन् भन्ने पुष्टि हुने दाबी गरिन् । बाँकी निर्णयका लागि भने अदालतको फैसला नै कुर्नुपर्ने उनको भनाइ छ । उनले सन्दीप लामिछानेको पक्षमा आफूहरूले दरो प्रमाण पेस गरेको दाबी गरिन् ।

अधिवक्ता रिजालले शुक्रबार पनि थुनछेक बहस हुने र सरकारी वकिल र सन्दीप पक्षधर वकिलले बहस गर्ने बताइन् । सन्दीपविरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाई भइरहेको छ । बुधबारदेखि नै थुनछेक बहस शुरु भए पनि क्रिकेटर लामिछाने पक्षबाट कानून व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *