इलाम-२ मा ११ बजेपछि मतगणना

इलाम क्षेत्र-२ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना आइतबार (आज) ११ बजेबाट सुरु गर्ने निर्णय भएको छ ।

मतगणनास्थल गौतमबुद्ध सभम गृह (सिटीहल) मा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।  गणना फाकफोकथुम गाउँपालिकाबाट सुरु हुनेछ ।

सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् शनिबार (हिजो) उपनिर्वाचन भएको हो ।  प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको मतगणना आजबाट सुरु हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर