नेपाली सेनामा रथी, उपरथी र सहायक रथी बढुवा, बलाध्यक्ष रथीमा सिताराम खड्का

नेपाली सेनाका उपरथी सिताराम खड्का रथीमा बढुवा भएका छन् । उनलाई सैनिक मुख्यालय जंगी अड्डाको सिफारिसपछि रक्षा मन्त्रालयको प्रस्तावमा पछिल्लो मन्त्रिपरिषद्काे बैठकले बढुवा गरेको हो ।

उपरथी खड्का नेपाली सेनामा प्रधानसेनापति प्रभुराम शर्मापछिको जिम्मेबारीमा रहेका भाइस चिफ अफ आर्मी स्टाफ बलाधिकृत रथी बालकृष्ण कार्की अवकाशमा गएपछि उनको स्थानमा बढुवा भएको हो ।

२५ बेसिकका उपरथी खड्काको बढुवासँगै उनको कार्यकाल एक वर्षको हुनेछ ।

बलाधिकृत रथी कार्कीको अवकाशसँगै बलाध्यक्ष रथी सरोजप्रताप राणालाई उनको जिम्मेबारीमा लगिने भएको छ । राणालाई बलाधिकृत रथीको जिम्मेबारी दिइदैछ ।

यस्तै सहायक रथीहरु विजय थापा र आशबहादुर तामाङको उपरथीमा बढुवा भएको छ ।

उपरथी खड्का र गोकुल भण्डारीको रिक्त हुने उपरथी पदका लागि सहायक रथी थापा र तामाङको बढुवा भएको हो ।

बढुवा भएका थापा सैनिक कल्याणकारी महानिर्देशनालय( काज सुदूर पश्चिम पृतना ) मा र तामाङ नेपाली सैनिक वार कलेजमा कार्यरत रहेका छन् ।

यस्तै महासेनानीहरु सुनिल घले, ललित कुँवर, मोहन क्षेत्री, धन थापा, रोशन खड्का र सोवेन्द्र महतको सहायक रथीमा बढुवा भएको छ ।

यो बढुवाको एकवर्षपछि नै रथी सिताराम खड्का घर जानेछन् । यसपछि पनि २५ बेसिकमा रथी, उपरथी र सहायक रथीहरु घरजानेछन् ।

त्यसपछिको रथी बढुवा रोचक हुनेछ ।

अहिले सेनाभित्र भावी प्रधानसेनापतिका रुपमा हेरिएका ताराध्वज पाण्डे र अशोकराज सिग्देल चर्चामा रहेका छन् । यस्तै उपरथी बढुवाका लागि कृष्णदेव भट्ट र सुदर्शन सिलवास अघि रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर