गोठाटारमा खुकुरी र चक्कु प्रहार गरेर वृद्धाको हत्या

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा एक जना वृद्धाको हत्या भएको छ। बिहीबार राति १० बजे सिन्धुपाल्चोकको चौतारा नगरपालिका–७ घर भई गोठाटारमा डेरा गरी बस्दै आएकी ७० वर्षीया फूलमाया तामाङको खुकुरी र चक्कु प्रहार गरेर हत्या भएको हो।

हत्या अभियोगमा प्रहरीले सिन्धुपाल्चोकको चौतारा नगरपालिका–७ नै घर भई गोठाटारमा बस्दै आएका ३५ वर्षीय विजय तामाङ भन्ने जयबहादुर तामाङलाई पक्राउ गरेको छ। उनलाई बिहीबार राति नै प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी निरीक्षकसहितको प्रहरी टोलीले पक्राउ गरेको हाे।

पक्राउ परेका विजयको साथबाट प्रहरीले एउटा खुकुरी र एउटा चक्कु बरामद गरेको छ। उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१२ को ‘ज्यानसम्बन्धी कसर’मा प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ।

मृतक फूलमायाको शव पोष्टर्माटमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर