ग्वार्कोमा महिलाको मृत्यु हुनेगरी ठक्कर दिएर फरार स्कारपियो चालक पक्राउ

ललितपुर महानगरपालिका–७ ग्वार्कोमा महिलाको ज्यान जानेगरी ठक्कर दिएर फरार रहेका स्कारपियो चालकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्युठानको प्युठान नगरपालिका–२ बस्ने ४७ वर्षीय वीरवहादुर राउत छन्। उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार कात्तिक १२ गते बेलुका ५ः५० बजे ग्वार्कोस्थित रिङरोड क्रस गर्ने क्रममा राउतले चलाएको स्कारपियोले एक जना पैदलयात्री महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी ती महिलाको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो। मृतक महिलाको हालसम्म सनाखत हुन सकेको छैन।

घटनाका प्रत्यक्षदर्शीले दिएको जानकारीका आधारमा राउतले चलाएको इम्बोस्ड नम्बर प्लेट जडान भएको बागमती प्रदेश बी एए ५५६३ नम्बरको स्कारपियोले महिलालाई ठक्कर दिएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

पक्राउ परेका राउतमाथि सवारी ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर