भूकम्प प्रभावितको राहत र उद्धारमा जुट्न प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीमा गए राति गएको भूकम्पमा परी प्रभावित भएकाहरूको राहत र उद्धारमा जुट्न निर्देशन दिएका छन् ।
भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दैं देउवाले प्रभावित भएकाहरूको राहत र उद्धारमा खटिन भनेका हुन् ।
गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनको मृत्यु भएको थियो । पाँच जना घाइते भएका थिए ।
प्रधानमन्त्री देउवाल घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
“सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।
डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको हो ।
- मेरो बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयो : प्रधानमन्त्री ओली
- लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन् : महासचिव गुरुङ
- राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्,गणतन्त्र हरेक किसिमले उत्तम छ : उपमहासचिव ज्ञवाली
- चलचित्रका माध्यमबाट बालविवाह रोक्नुपर्छ : अध्यक्ष मगर
प्रतिक्रिया