डोटीका भूकम्प पीडितलाई पूर्वमन्त्री प्रेम आलेले १ लाख ५० हजार दिने

पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका छजनाको परिवारहरुलाई एक लाख ५० हजार राहत दिने घोषणा गरेका छन् ।

बुधबार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ पुगेका पूर्वमन्त्री आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई काजक्रियामा सहयोग पुगोस् भनेर उनीहरुका परिवारलाई जनही २५ हजारका दरले एक लाख ५० हजार रुपैयाँ राहतको दिने बताएका हुन् ।

ाफूले सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने जानकारी उनले परिवारलाई भेटेर दिएका थिए । त्यसैगरी उनले अन्य निकाय तथा क्षेत्रबाट पनि भूकम्प पीडितहरुका लागि आवश्यक राहतको व्यवस्था गरिदिन पनि आग्रह गरेका छन् ।

गएरातिको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका छजनाको ज्यान गएको छ भने अरू सातजना गम्भीर घाइते भएका छन् ।

डोटी निवासी पूर्वमन्त्री आले आसन्न मङ्सिर ४ को निर्वाचनमा सोही जिल्लाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर