नारायणगोपाल चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं महानगरपालिका–३ चक्रपथ नारायणगोपाल चोकस्थित सडकखण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।

बुधबार अपराह्न ४:४० बजे नाराणगोपाल चोकदेखि वसुन्धारातर्फ आउँदै गरेको ना८ ख१८४१ नम्बरको ट्रकले शाखा बाटोबाट मेन रोडमा निस्कँदै गरेको बा.प्र.०२–०३३२ प२२२७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट स्कुटर चालक कास्कीको कालिका गाउँपालिका–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र स्कुटरको पछाडि सवार कास्कीको मादी गाउँपालिकाकी ४१ वर्षीया कल्पना रानामगर गम्भीर घाइते भएका थिए।

घाइते उनीहरूलाई उपचारका लागि शिक्षण अस्पताल, महराजगञ्ज लगिएकोमा चिकित्कसले मृत घोषित गरेका हुन्।

दुर्घटनामा परेका दुवै सवारी साधन र ट्रक चालक चितवनको राप्ती नगरपालिका–१ का २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *