वैकल्पिक गठबन्धनकाे प्रयास चकनाचुर, नेपालको बार्गेनिङ पावर समाप्त

अध्यक्ष उपेन्द्र यादव अमेरिकामै भएको बेलामा जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित बनेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा पार्टी विभाजित बनेको हो ।

नयाँ दलको नाम नेपाल हटाएर जनता समाजवादीमात्रै राख्नेगरी दर्ताको लागि निवेदन दिएको सांसद सुशीला श्रेष्ठले बताइन् । प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये राईको पक्षमा ७ सांसद रहेका छन् । सांसद श्रेष्ठका अनुसार अशोककुमार राई, नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ र प्रदीप यादव रहेका छन् । पार्टीमा आफूहरुको पक्षमा बहुमत रहेको निर्वाचन आयोग पुगेकी सांसद श्रेष्ठले दाबी गरिन् ।

जसपामा अकस्मात विभाजन आउनुको कारण सत्ता समीकरण हो । फागुन २१ गते प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेपछि माधव नेपाललाई वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बनाउन कांग्रेसले गरेको प्रस्ताव लुकेको छैन । प्रतिनिधिसभामा १० सीट रहेका माधव नेपाल ओलीसँग दूरी बढाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा जोडिएका छन् ।

वैकल्पिक गठबन्धनमा कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाका ४-४ जोड्दा १३८ सांसदको गणित थियो । तर, नेता राईको नेतृत्वमा ७ सांसदले पार्टी विभाजन गरेपछि त्यो सम्भावना तुहिएको छ ।

अध्यक्ष उपेन्द्र यादव माधव नेपालसँग मिलेर प्रचण्ड सरकार ढाल्न लागेपछि पार्टी विभाजन भएको हो । अब उपेन्द्र यादवसँग ५ सांसदमात्रै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर