चुनावको मुखमा चिनियाँ उपमन्त्री नेपाल आउँदै

चीनका संस्कृति तथा पर्यटन उपमन्त्री ली क्युन शुक्रबार नेपाल आउने भएका छन्।

पर्यटनमन्त्री जीवराम श्रेष्ठका स्वकीय सचिव भीमसेन राजबाहकले चिनियाँ उपमन्त्रीको नेपाल भ्रमणको पुष्टि गरेका छन्। उनलाई पर्यटनमन्त्रीले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ।

भूकम्पपछि चीनको सहयोगमा पुनर्निर्माण भएका सम्पदा निरीक्षणका लागि उपमन्त्री ली नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल भ्रमणका क्रममा चिनियाँ मन्त्रीले हनुमानढोकास्थित नौ तले दरबारको भ्रमण गर्नेछन्। त्यसैगरी उनले पशुपतिनाथ मन्दिर, पाटनको कृष्ण मन्दिर र भक्तपुर दरबार स्क्वायरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संघारमा रहेको निर्णायक समयमा उनी नेपाल आउँदैछन्। यद्यपि परराष्ट्र मन्त्रालय स्रोतले उनको भ्रमण राजनीतिक नरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर